+
+

फेसबुकले रे बनसँग मिलेर ल्‍याउँदैछ स्मार्ट चस्मा, पर्नेछैन फोनको आवश्यकता

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १६:४५

काठमाडौं। फेसबुकको मातृ कम्पनी मेटाले स्मार्ट चस्माका विषयमा एउटा निकै ठूलो तयारी गरिरहेको छ । मिडिया रिपोर्ट अनुसार कम्पनीले सन् २०२५ मा रे बन कम्पनीसँग मिलेर अत्याधुनिक स्मार्ट चस्मा सार्वजनिक गर्ने तयारी गरेको छ। उक्त चस्मामा डिस्प्ले पनि हुने बताइएको छ। यो स्मार्ट चस्माले प्रयोगकर्तालाई फोनको  आवश्‍यकता निक्कै कम गर्नेछ ।

वास्तवमा रे बन मेटा स्मार्ट चस्मा आफ्ना फिचर्स तथा रेकर्डिंगका कारण निकै लोकप्रिय छ। लामो समयसम्म यसको प्रतिस्पर्धामा कुनैपनि प्रडक्ट लञ्च भएको छैन। यद्यपि सामसुङ र गुगलले यस दिशामा काम सुरु गरेका छन् र छिटै नै एउटा यस्तो स्मार्ट चस्मा लन्च गर्नेछन्, जुन अत्याधुनिक एआई फिचर्सले युक्त हुनेछ ।

समाचार अनुसार मेटाको नयाँ स्मार्ट चस्मामा अहिलेको स्मार्ट चस्माको तुलनामा विभिन्न नयाँ फिचर्स थप हुनेछन् । जसमा नोटिफिकेसन, अलर्ट तथा नेभिगेसन लगायत रहनेछन् । यी फिचर भएपछि अब यो चस्माले फोनको प्रयोगलाई पूर्ण रुपमा हटाउनेछ भन्ने लाग्नसक्छ । तर वास्तवमा यो चस्मा स्मार्टफोनसँगै जोडिएको हुनेछ ।

मेटाले आगामी वर्ष सन् २०२५ मा स्मार्ट चस्माको नयाँ संस्करण सार्वजनिक गर्नेछ । उक्त नयाँ चस्मामा माथि उल्लेखित फिचर्सका अतिरिक्त डिस्प्ले पनि राखिनेछ । उक्त डिस्प्लेको मद्दतले कम्पनीले नोटिफिकेसन तथा मेटा एआई एकीकृत गर्नेछ।

यद्यपि चस्मामा डिस्प्ले जडान भएसँगै प्रयोगकर्ताले विभिन्न फाइदा उपयोग गर्न सक्नेछन् । चस्माको डिस्प्लेमा नेभिगेसन दिशासँगै फोन वा स्मार्टवाचका नोटिफिकेसन पनि देखिनेछ।

हाल रे बन मेटा स्मार्ट चस्मामा भ्वाइस एसिस्टेन्टको सुविधा रहेको छ । यसको सहयोगले प्रयोगकर्ताले मेसेज पठाउन, कल गर्न लगायतका काम गर्न सक्दछन् ।

यसभित्र बिल्टइन स्पिकर रहेको छ, जसले अडियो प्रदान गर्दछ । यसको मद्धतले प्रयोगकर्ताले नोटिफिकेसन सुन्न तथा असिस्टेन्टको मद्धतले त्यसको जवाफ पनि दिन सक्दछन् ।

यो चस्माले क्लासिक रेबन चस्माको डिजाइन कायम राखेको छ । विभिन्न प्रविधि आबद्ध हुनुका बाबजुत यसको लुक्स पनि गज्जबको देखिन्छ। यद्यपि यसको वजन धेरै छैन । यो स्मार्टफोन ब्लुटुथसँग जोड्न सकिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?