+
+

कर्णाली समस्याग्रस्तपछि सबै विकास बैंकको सेयर मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १७:०२

११ पुस, काठमाडौं । बिहीबार समग्र सेयर बजारको परिसूचक नेप्से बढ्दा विकास बैंक सेक्टर २.४८ प्रतिशत घट्यो । धेरै गुमाउने कम्पनीमा विकास बैंकका लगानीकर्ता अगाडि रहे ।

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको भोलिपल्टबाटै यसको सेयर कारोबार रोक्का रह्यो । यस कम्पनीको सेयर हुनेहरुको सम्पत्ति अब बन्धक बनेको छ । विकास बैंकको व्यवस्थापन राष्ट्र बैंकले सम्हालेको छ ।

बिहीबार यसको प्रभाव अन्य विकास बैंकमा देखिएको छ । यस दिन १० प्रतिशत मूल्य घटेका तीन वटै कम्पनी विकास बैंक रहे । कर्पोरेट, नारायणी र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशत घट्यो ।

यी विकास बैंकको सेयर बिक्रीका लागि अत्याधिक चाप परेपछि मूल्यमा उच्च गिरावट देखियो । यी तीन मात्रै होइन, यस दिन बजारमा सूचीकृत १५ वटै विकास बैंकको सेयर मूल्य घटेको छ ।

सप्तकोशी विकास बैंकको ९.४४, ग्रीन डेभलपमेन्टको ८.४०, एक्सल डेभलपमेन्टको ४.४२, मितेरीको ३.५४, कामना सेवाको १.७६, सांग्रिलाको १.४५, लुम्बिनीको १.४३, ज्योतिको १.०५, गरिमाको ०.९८, महालक्ष्मीको ०.५६, मुक्तिनाथको ०.४०, साइन रेसुङ्गाको ०.३६ प्रतिशत मूल्य घट्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?