+
+

बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १७:३९

११ पुस, काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले बताए ।

उनका अनुसार बीमा प्राधिकरण सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहनेछन् ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल माथि भ्रष्टाचार मुद्दा लागेपछि सो पद अहिले खाली छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?