+
+

तनहुँमा शेखर समूहले गर्‍यो नेविसंघ जिल्ला अध्यक्ष घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते १०:५४

१२ पुस, काठमाडौं । नेपाली कांग्रेस शेखर कोइराला समूहका नेविसंघ नेताहरुले तनहुँमा समानान्तर जिल्ला अध्यक्ष घोषणा गरेका छन् ।

उनीहरुले नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमालको प्रमुख आतिथ्यतामा आदिकवि भानुभक्त क्याम्पसमा भेला गरी ऋषिङ–७ का सोन कुमार आलेलाई सर्वसम्मत जिल्ला अध्यक्ष चयन गरेका हुन् ।

यसअघि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ तनहुँको अध्यक्षको पत्र आशिष कैनीलाई दिएका थिए ।

अध्यक्ष शेर्पाले गरेका गतिविधि विधिविधान विपरीत र एकलौटी भएको भन्दै शेखर समूहका नेताहरुले समानान्तर गतिविधि गर्दै आएका छन् ।

नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल, वर्तमान केन्द्रीय सदस्यहरु प्रेमिका राना मगर, धर्मराज शाही, ई. भुवन भट्ट, विक्रमादित्य सिंह, प्रविन कैनी, जगतजंग विष्ट, रविन केसी सहित नेताहरु तनहुँ पुगेर विद्यार्थी भेला गरी जिल्ला अध्यक्ष चयन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?