+
+

तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते ११:४८

१२ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ ।

विप्रेषण नियमावलीअनुसार तीन कम्पनीको लाइसेन्स खारेज हुने देखिएकाले कार्यान्वयन गरिएको राष्ट्र बैंकले औंल्याएको छ । यसरी लाइसेन्स खारेज हुने रेमिट्यान्स कम्पनीमा नमस्ते रेमिट इन्टरनेसनल प्रालि (नयाँ बानेश्वर), मोडर्न रेमिट्यान्स प्रालि (कमलपोखरी), भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) छन् ।

यदि यी कम्पनीसँग कारोबारका क्रममा कुनै रेमिट्यान्स रकम बाँकी रहेको भएमा ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी गराउन व्यक्ति वा संघसंस्थालाई राष्ट्र बैंकले आग्रह गरेको छ ।

तोकिएको म्यादभित्र लिखित जानकारी नआएमा ती रेमिट्यान्स कम्पनीको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?