+
+

रोल्पामा १३ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते १२:१५
सांकेतिक तस्वीर

१२ पुस, काठमाडौं । रोल्पामा १३ वर्षीया बालिकामाथि बलात्कार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाकै सुनछहरी गाउँपालिका–४ सिउरी बस्ने २२ वर्षीय हर्कबहादुर पुन मगर छन् ।

हर्कबहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुलेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका हर्कमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?