+
+

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे काठमाडौं आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते १६:२१

१२ पुस, काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे काठमाडौं आउँदै छन् । निजी भ्रमणको सिलसिलामा उनी पुस १३ गतेदेखि काठमाडौं आउन लागेका हुन् । उनी १७ गतेसम्म नेपालमा रहने स्रोतले बतायो ।

सुरक्षा स्रोतका अनुसार उनी श्रीमतीसहित नेपाल आउन लागेका हुन् । उनको नेपालमा हुने भेटघाट र भ्रमण कार्यतालिकाबारे जानकारी गराइएको छैन ।

विक्रमासिंघे श्रीलंकाका नवौं राष्ट्रपति र दशौं प्रधानमन्त्री हुन् । उनी ६ पटकसम्म श्रीलंकाको प्रधानमन्त्री बनेका थिए ।

पछिल्लोपटक श्रीलंकामा देखिएको आर्थिक संकटपछि प्रधानमन्त्री महिन्दा राजापक्षले राजीनामा दिएका थिए । त्यसपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री भएको केही महिनामा उनी राष्ट्रपति निर्वाचित भएका थिए । अहिले श्रीलंकामा अनुरा कुमारा दिसानायके राष्ट्रपति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?