+
+

यो साता बैंकिङ र हाइड्रोपावरमा आकर्षण, ३४ अंक बढ्यो बजार

यी हुन् यो साता मूल्य धेरै बढेका र घटेका कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते १६:२८

१२ पुस, काठमाडौं । यो साता सेयर बजार १.३ प्रतिशत बढेको छ । गत साता २५९६ अंकमा रहेको बजार यो साता ३४ अंक बढेर २६३० अंकमा पुग्यो ।

पहिलो दिन आइतबार १३.५३ अंक घटेको बजार सोमबार २८.९१ अंक बढ्यो । मंगलबार १४.११ अंक बढेको बजार बुधबार सार्वजनिक विदाका कारण बन्द रह्यो । अन्तिम दिन बिहीबार ४.१९ अंक बढ्यो ।

आइतबार ४ अर्ब ५१ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ४३ करोड, मंगलबार ५ अर्ब २० करोड र बिहीबर ५ अर्ब ३२ करोडको कारोबार भयो ।

यो साता हाइक्याप सेक्टरमा आकर्षण देखियो । बैंकिङ र हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै बढे । हाइड्रोपावर २.७ तथा बैंकिङ २.५ प्रतिशत बढे । हाइ क्याप सेक्टर बढेका कारण बजार वृद्धिमा बलियो आधार देखिन्छ ।  बैंकिङ र हाइड्रोपावर बजारका सबैभन्दा शक्तिशाली सेक्टर हुन् ।

यो साता बजारमा समूहगत उतारचढाव

समूह गत साताको अंक यो साताको अंक वृद्धिदर %
बैंकिङ १,३९२ १,४२७ २.५१
विकास बैंक ५,४५८ ५,३६६ –१.६८
फाइनान्स ३,१०३ ३,०७३ –०.९६
हाइड्रोपावर ३,४०२ ३,४९४ २.७०
जीवन बीमा १२,५०६ १२,४९३ –०.१०
निर्जीवन बीमा १२,५१२ १२,४६० –०.४१
माइक्रोफाइनान्स ४,८४४ ४,९२२ १.६१
होटल तथा पर्यटन ६,३९९ ६,४२७ ०.४३
उत्पादन तथा प्रशोधन ६,७११ ६,८१७ १.५८
लगानी ९८.८६ ९९.४२ ०.५६
व्यापार ४,६७५ ४,७१८ ०.९२
अन्य १,९२९ १,९४० ०.५७

कसले धेरै कमाए, कसले गुमाए ?
यो साता मूल्य सबैभन्दा धेरै बढ्ने कम्पनीमा सुपर मादी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स, आत्मनिर्भर लघुवित्त, उपकार लघुवित्त, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, बाराही हाइड्रोपावर र रिभर फल्स पावर क्रमशः अगाडि रहे ।

सुपर मादीको २५.४, न्यादीको २०.१, गुराँसको २०, सपोर्टको १९.७, आत्मनिर्भरको १६.४, उपकारको १४.९, राप्तिको १४.६, बाराहीको १२.५ तथा रिभरफल्सको १२.१ प्रतिशत मूल्य बढ्यो ।

यो साता धेरै मूल्य घट्नेमा अधिकांश विकास बैंक कम्पनी रहे । नारायणी डेभलपमेन्टको ११.११, कर्पोरेट डेभलपमेन्टको १०.५८, सप्तकोशी विकास बैंकको १०.११, सिन्धु विकास बैंकको ६.१७, मायाखोला हाइड्रोपावरको ५.७५, नेपाल फाइनान्सको ४.९१ तथा मानुसी लघुवित्तको ४.३६ प्रतिशत मूल्य घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?