+
+

रास्वपाले ६० जिल्लामा सक्यो भेला

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते १७:१८

१२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ६० जिल्लामा भेला गरेर तदर्थ समिति गठन गरेको छ । २०८२ वैशाख अन्तिम साता प्रथम महाधिवेशन गर्ने कार्यतालिका अनुसार जिल्ला भेला भइरहेको रास्वपाले जनाएको छ ।

पार्टीको निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार १२ जिल्लामा भेलाका मिति तय गरिएको आयोगले जनाएको छ । हिमाली जिल्ला मध्ये पाँच स्थानमा भने जाडोको समयमा भेला सम्भव नभएकाले फागुनमा हुने बरालले जानकारी गराए ।

मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला र पूर्वी रुकुममा जाडो समय सकिएपछि भेला गरेर नयाँ समिति बन्ने बरालले जानकारी गराए । करिब चार सय वडामा भेला सकिएको निर्वाचन रास्वपाले जानकारी गराएको छ ।

‘अहिले बनेको अधिवेशनका लागि तदर्थ समिति हो । भेला सकिएका ठाउँको नयाँ नेतृत्वमा धेरै पुरानै अनुहार छन्,’ बरालले भने ।

पार्टी सभापति रवि लामिछानेको पक्राउका कारणले पूर्व निर्धारित कार्यतालिका प्रभावित भएको रास्वपाले जनाएको छ ।

सभापति हिरासतमा हुँदा डेढ महिना कार्यतालिकामा असर पुगेको बरालले बताए ।

‘सभापति पक्राउ पर्नुभयो । पार्टी आन्दोलनमा लाग्यो । त्यस्तो नभएको भए कात्तिकमै जिल्ला भेला सक्ने थियौं,’ बरालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?