+
+

विवाहको हल्ला फैलाउनेविरूद्ध साइबर ब्युरोमा उजुरी दिने रचना रिमालको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते १७:३८

काठमाडौं । गायिका रचना रिमाललाई विवाहको झुटो खबरले हैरान बनाएको छ । केही समययता क्रिकेटर ललित राजवंशीको नाम जोडेर केही फेसबुक पेज र युट्युब च्यानलले ८ माघमा विवाह हुन लागेको हल्ला फैलाइरहेका छन् ।

९० हजार फलोअर्स रहेको एक फेसबुक पेजले ललित र रचनाले विवाह गर्न लागेको भन्दै शुक्रबार खबर लेखेको छ । उक्त पोस्टमा खण्डन गर्दै रचनाले साइबर ब्युरोमा उजुरी दिने चेतावनी दिएकी छन् ।

रचनाले लेखेकी छन्, ‘साइबर ब्युरोमै भेट होलाजस्तो छ पेज एडमिनलाई ।’ उनको यो प्रतिक्रियामा समर्थन गर्दै फ्यानले उक्त पेजविरुद्ध कानुनी उपचारमा जान सुझाव दिएका छन् । यति मात्र हाेइन, केही युट्युब च्यानल र फेसबुक पेजले समेत यी दुईको नाम जोडेर ट्रोल बनाउँदै आएका छन् ।

रचना यतिबेलाकी सर्वाधिक व्यस्त गायिका हुन् । सांगीतिक प्रस्तुतिका लागि उनी शुक्रबार तीनदिने यूएई यात्रामा निस्किएकी छन् । डिसेम्बर २९ मा दुबईको बरदुबईस्थित एस्टोरिया होटलमा झापाली समाज यूएईले आयोजना गर्न लागेको सांगीतिक कार्यक्रममा उनले प्रस्तुति दिनेछिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?