+
+

‘सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना होइन भनोस्’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते १३:१०

१२ पुस, काठमाडौं । निजी क्षेत्रको प्रमुख वायुसेवा कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गतको परियोजना होइन’ भनेर सरकारले भन्न सके भारतले उडान अनुमति दिने जिकिर गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार आयोजना गरेको ‘एभिएसन मिट २०२४ : नागरिक उड्डयन र अर्थतन्त्र’ विषयक अन्तर्क्रियामा बुद्ध एयर सञ्चालक बस्नेतले यस्तो जिकिर गरेका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीनसँग सम्झौता गरेको बीआरआई परियोजना अन्तर्गत आयोजना भएकाले भारतले उडान अनुमति नदिएको उनको तर्क छ ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुको प्रमुख कारण बीआरआई परियोजनको संज्ञा दिएको छ । बीआरआई हो कि होइन नेपाल सरकारले व्याख्या गरिदिनुपर्‍यो । बीआरआई हो भने कुरा देशले सञ्चालन गर्ने हो । बीआरआईकै कारण भारतले अनुमति नदिएको भन्नेछ,’ उनले भने ।

सरकारले पोखराबाट बनारस उडानको अनुमति दिएपनि भारत सरकारले अहिलेसम्म नदिएको उनले बताए । भारतले अनुमति दिए ३ हजार ८ सय भिजिबिलिटीमा पनि उडान गर्न तयार रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?