+
+

कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १३ गते ७:१९

१३ पुस, मान्म (कालीकोट) । कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन् ।

पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना-४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि थियो । डोजरसहित एक जना बेपत्ता भएको र डोजर चालक नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिए ।

कालीकोट खाँडाचक नगरपालिका–८ का डोजर चालकको सकुशल उद्धार गरिएको र एक जना बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताए ।

उनले भने, ‘चालकको सकुशल उद्धार गरिएको छ । सहचालक र डोजर अहिलेसम्म फेला पर्न सकेको छैन ।’ बेपत्ता सहचालकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?