
रोबोटलाई अझै उन्नत र अत्याधुनिक बनाउनका लागि विश्वका वैज्ञानिकहरुले निरन्तर काम गरिरहेका छन् । त्यस दिशामा एउटा महत्वपूर्ण अपडेट सार्वजनिक भएको छ । अब भविष्यमा रोबोटले मानिसलाई छोएरै उक्त मानिसको भावना थाहा पाउन सक्नेछन् ।
IEE Access जर्नलमा प्रकाशित पछिल्लो एक शोधमा यस्तो दाबी गरिएको छ । शोधकर्ताहरुले एक अनुसन्धानका क्रममा छालाको चालकता (स्क्रिन कन्डक्टेन्स) को मद्दतबाट रोबोटले मानिसको भावनालाई बुझ्न सक्ने तथ्य पत्ता लगाएका छन् ।
चर्म चालकताको मद्दतले छालाको परिवर्तित स्वरुप थाहा पाउन सकिन्छ । यसमा पसिना आउनु, स्नायु प्रणालीको क्रियाकलाप आदि सामेल छन् ।
संवेग पत्ता लगाउने पारम्परिक प्रणालीमा अनुहार पहिचान अर्थात् फेसियल रिकग्नाइजेसन तथा स्पीच एनालिसिस अर्थात् आवाज विश्लेषण जस्ता विधिहरु रहेका छन् । यसमा अडियो तथा भिजुअलमा अधिक ध्यान दिइन्छ ।
वैज्ञानिकहरुका अनुसार कुनै भावनाहरुको बारेमा थाहा पाउनका लागि छालाको चालकता सबैभन्दा उत्तम तरिका हो । यसले रियल टाइममा काम गर्दछ ।
उक्त शोधका क्रममा ३३ जना सहभागीमाथि अध्ययन गरिएको थियो र उनीहरुको छालाको चालकताको स्पर्शबाट उनीहरुको भावनाको बारेमा बताइयो ।
भविष्यमा ती स्किन कन्डक्टेन्सको प्रयोग रोबोटिक्स प्रणालीमा गर्न सकिनेछ । तत् पश्चात् रोबोले केवल स्पर्श गरेरै मानिसको भावना बुझ्न सक्नेछ ।
प्रतिक्रिया 4