+
+

सबस्टेसन निर्माण गर्न हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण   

हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सबस्टेसन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ ।   

रासस रासस
२०८१ पुष १३ गते १३:३७
फाइल तस्वीर

१३ पुस, काठमाडौं ।  हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सबस्टेसन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा समाहित गराउन आवश्यक सबस्टेसन निर्माणका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय हुम्लालाई अनुरोध गरेसँगै जिप्रका हुम्लाले उक्त जग्गा अधिग्रहण गर्न लागेको हो ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा नेत्र ज्ञवालीले हुम्ला कर्णाली र मुगु कर्णालीमा उत्पादित हुने दुई हजार ५०० मेगावाट विद्युतलाई राष्ट्रिय प्रसारण ग्रीडमा आवद्ध गराउनका लागि सर्केघाटमा सबस्टेसन निर्माण गर्न लागिएको जानकारी दिए ।

डा ज्ञवालीले उक्त सबस्टेसन निर्माणले हुम्ला र मुगु क्षेत्रको जलविद्युत् विकासमा महत्त्वपूर्ण उपलब्धिसावित हुने बताए । कैलालीको दोधराबाट सुरु भई कालिकोट भएर हुम्ला जाने यो प्रसारण लाइन करिब २२० किलोमिटरको हुनेछ । हाल कैलालीको दोधरादेखि कालिकोटको फुकोटसम्मको प्रसारण लाईन निर्माणाधीन रहेको छ ।

उक्त जग्गा अधिग्रहण गरेपश्चात हुम्ला–कालिकोट खण्डको ९० किलोमिटर खण्डको विस्तृत इन्जिनियरिङ र वातावरण अध्ययन सुरु गरिने र दुई वर्षपछि निर्माणमा जान सकिने राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?