+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
लाजिम्पाटमा व्यवसायीमाथि रड प्रहार घटना :

दीपक मनाङेका तत्कालीन स्वकीयसचिव टिका भण्डारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १३ गते २०:००

१३ पुस, काठमाडौं। लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायी विक्रम लामामाथि रड आक्रमण घटनामा दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । मनाङे मन्त्री हुँदा सिन्धुली घर भएका भण्डारी स्वकीय सचिव थिए।

लामामाथि रड प्रहार घटनामा भण्डारीको कनेक्सन देखिएपछि पक्राउ गरिएको परिसर स्रोतले बतायो ।

यसअघि विक्रम लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरीले निष्कर्ष निकालेको थियो ।

सोही घटनामा संलग्न भएको आरोपमा जेलबाट छुटेका मार्शल भनिने शैलेन्द्र तामाङमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको थियो।

कात्तिक ११ गते दिउँसो नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण भएको थियो । चार जनाको समूहले इनोभा अस्पतालको पार्किङमा उनीमाथि मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?