+

राष्ट्रिय क्लब चेसको सेमिफाइनल समीकरण पूरा

२०८१ पुष  १३ गते २०:५६ २०८१ पुष १३ गते २०:५६
राष्ट्रिय क्लब चेसको सेमिफाइनल समीकरण पूरा

१३ पुस, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिता आज चौथो दिन ७ चरणको अन्तिम लिग खेल सम्पन्न भएका छन्। यस सँगै प्रतिस्पर्धा मार्फत ४ उत्कृष्ट टोली सेमिफाइनल समिकरण प्रवेश गरेका छन्।

ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित लिग चरणको अन्तिम खेल पश्चात् ललितपुर महानगरपालिकाको टिम १४ अंक, थापाथली चेस क्लब १०, दोलखा चेस होम १० अंक र ललितपुर स्पोर्ट्स क्लब ९ अंक जोडेर सेमिफाइनल प्रवेशका लागि छनौट भए ।

जम्माजम्मी उच्च अंक जोड्ने ४ टिमले सेमिफाइनल समिकरणमा प्रवेश पाउनेमध्ये महालक्ष्मी नगरपालिका खेल टिमले ९ अंक र दोलखा चेस होमले ८ अंक बोकेर प्रतिस्पर्धामा उत्रेका थिए। यसबाहेक ललितपुर स्पोर्ट्स क्लब, दोलखा जिल्ला संघ, कोशी प्रदेश संघ, काठमाडौं चेस क्लब र कास्की जिल्ला संघले समान ७ अंकमा रहदै सम्भावना जगाएका थिए।

स्वीस लिग तालिकाले सातौं लिग चरणमा ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिका, दोलखा चेस होम र थापाथली चेस पार्क, दोलखा जिल्ला संघ र काठमाडौं चेस क्लब, कास्की जिल्ला संघ र ललितपुर स्पोर्ट्स क्लब, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा चलेको थियो।

नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको सातौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतियोगिताका विजेताले नगद २ लाख पुरस्कार पाउनेछन् भने उपविजेता टोलीले नगद १ लाख २० हजार, तृतीय हुने टोलीले नगद ६० हजार र चौथो स्थानमा आउने टोलीले नगद ४० हजार प्राप्त गर्नेछन्।

आइतबार सेमिफाइनल खेल ललितपुर महानगर र ललितपुर स्पोर्ट्स क्लब विच तथा थापाथली चेस पार्क र दोलखा चेस होम बिच सेमिफाइनल भिडन्त हुने भएको छ।

तुल्सीलाल स्मृति नेशनल टिम चेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय