+
+

माइतीघरका भित्तामा भैरव (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते १३:२५

१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो पटक सार्वजनिक भित्ताहरूमा चित्र कोरिरहेको छ ।

अहिले बबरमहलबाट माइतीघरतर्फ जाने सडकको सार्वजनिक भित्तामा भैरवको चित्र बनिरहेको छ । माइतीघर भित्तामा भैरवसँगै काष्ठमण्डपको चित्र पनि बनिरहेको छ ।

महानगरले मौलिक तथा प्राचीन महत्त्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने भन्दै धमाधम चित्र कोरिरहेको हो । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्रलेखन भइरहेको महानगरले जनाएको छ ।

महानगरले प्रतिष्ठानसँग १७ फागुन २०८० मा चित्रकलाका लागि सम्झौता गरेको थियो । पहिलो चरणमा सुन्धारा, नयाँ बानेश्वर, प्रदर्शनीमार्गका भित्तामा चित्र बनिसकेका छन् ।

चित्र भएका भित्तामा नछुने, कुनै रङ नछर्किने, पोस्टर वा कागज नटाँस्ने, चित्रसँग तस्बिर खिच्दा नटाँसिइ अलग्गै खिच्न, अन्य कुनै वस्तुले नलेख्न महानगरले अनुरोध गरेको छ ।

महानगरले इतिहास, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्त्व; कला, भाषा, साहित्य, शृङ्गार, रहनसहन, भेषभुषा, खानपान विम्बित गर्छन् । जसलाई हरेक नेपालीले आत्मबोध गर्न चित्रले भूमिका खेल्ने दाबी गरिन्छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?