
१४ पुस, धनगढी । धनगढीमा गुणस्तर तथा नापतौल सम्बन्धी प्रदेशस्तरीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौंको आयोजनामा आइतबार सुदूरपश्चिम प्रदेशस्तरीय सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।
जनचेतनामुलक कार्यक्रममा नेपाल गुणस्तर चिन्ह, आईएसओ सटिफाइटबारे र नेपाल गुणस्तर तथा नापतौल विभाग अन्तरगतका कार्यालयले प्रवाह गर्ने सेवाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।
नेपाल गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक तारादत्त भट्टले नेपाल गुणस्तर चिन्ह सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने आईएसओ सटिफाइटबारे विभागका केमिष्ट भवानी प्रसाद अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
गुणस्तर तथा नापतौल कार्यालय धनगढीका प्रमुख शम्भुप्रसाद आचार्यले कार्यपत्र प्रस्तुत गर्दै गुणस्तर तथा नापतौल विभाग अन्तर्गतका कार्यालयले प्रदान गर्ने सेवाबारे जानकारी दिएका थिए ।
कार्यक्रमका सहभागीले विभागले प्रदान गर्ने गुणस्तर चिन्ह, आईएसओ सिटफाइट प्राप्त गर्ने प्रक्रियाका सम्बन्धमा जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया 4