+
+

ग्लोबल आईएमई बैंकले विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते १९:२४

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने बैंकले जनाएको छ ।

सचेतना कार्यक्रममा बैंकले आधारभूत बैंकिङ सेवा, डिजिटल/नवीनतम बैंकिङ सेवा, बैंकिङ विवरण सुरक्षित राख्ने उपाय लगायत बारेमा जानकारी प्रदान गरिने छ ।

ग्लोबल आईएमई बैंक १८ पुसमा १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?