+
+

सुन्दरीहरू राजनीतिमा, मिस नेपाल आश्मापछि मिस हेरिटेज विभाको पार्टी प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते २१:१०
मिस हेरिटेजको उपाधि जितेपछि विभा (बायाँ) । एमाले अध्यक्ष ओली आइतबार पार्टी प्रवेश गराउँदै ।

काठमाडौं । ब्युटी पेजेन्टका चर्चित नामहरू एकपछि अर्को गरि राजनीतिक दलमा प्रवेश गर्ने क्रम बढ्दो छ । मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले १ असोजमा केन्द्रीय सदस्यमा छनोट गरेको थियो ।

अन्तर्वार्तापछि केसी राप्रपाको केन्द्रिय सदस्यमा छनोट भएकी थिइन् । कुनै बहालवाला सुन्दरी राजनीतिक दलमा आबद्ध भएको त्यो पहिलो अवसर थियो । यसबारेमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले प्रतिक्रिया दिएको छैन ।

यो सन्दर्भमा नयाँ खबर छ । सन् २०२४ मै थाइल्याण्डमा आयोजित मिस हेरिटेज इन्टरनेसनलको उपाधि जितेकी विभा बस्नेत आइतबार सत्तारुढ दल एमाले प्रवेश गरेकी छन् । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रममार्फत उनी नेकपा एमालेमा प्रवेश गरेकी हुन् ।

बस्नेतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोगो लगाइदिएर एमालेमा स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्न आयोजित कार्यक्रममा बस्नेतले आफू ओलीको ठूलो फ्यान भएको बताउँदै उनको भिजनसँग आफ्नो भिजन पनि मिल्ने बताइन् ।

थाइल्याण्डमा भएको प्रतिस्पर्धामा विभाले ४७ देशका प्रतियोगीलाई उछिन्दै उपाधि जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?