+
+

इटहरीको शंकास्पद वस्तु निष्क्रिय

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते ११:०१
शंकास्पद वस्तु फेला परेपछि इटहरी बजार क्षेत्रमा परिचालित सुरक्षाकर्मी ।

१६ पुस, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

आज बिहान उपमहानगरपालिका कार्यालय अगाडि सहित तीन ठाउँमा बम राखेको सूचना प्रहरीलाई पुगेको थियो । सूचनामा भनिए अनुसार पालिकाको कार्यालय अगाडि कालो झोला फेला परेको थियो । उक्त शंकास्पद वस्तु बिहान नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । प्रहरीका अनुसार कार्यालय अगाडि प्रेसर कुकरमा तार बेरेर छाडिएको थियो ।

राजावादी समूहको नाममा प्रहरीलाई गरिएको खबरमा उपमहानगरको कार्यालयसँगै भोटेपुल र बुढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार पालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परे पनि भोटेपुलमा शंकास्पद वस्तु फेला परेन । उनले शंकास्पद वस्तु राख्नेको खोजी भइरहेको बताए ।

मोरङ र सुनसरीको सीमा रहेको बुढीखोला पुल मुनि एउटा बोरा फेला परेको थियो । शंकास्पद भनिएको बोरामा पुराना कपडा मात्र भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?