
१६ पुस, काठमाडौं । पहिलो चौमासिक नसकिँदै बजेट रकमान्तर भएको बनेर संसदीय समितिमा प्रश्न उठेको छ ।
पहिलो चौमासिकका बजेट रकमान्तर हुनु गलत रहेको छलफल आवश्यक रहेको भन्दै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले प्रतिनिधिसभा अन्तर्गतको विकास तथा पूर्वाधार समितिको बैठकमा प्रश्न उठाएका हुन् ।
‘पहिलो चौमासिक नसकिँदै बजेट रकमान्तर भएको कुरा आएको छ । यो विषयमा हाम्रो समिति अन्तर्गतको मन्त्रालयको विषयमा छलफल आवश्यक छ,’ बस्नेतले भने ।
एमाले सांसद गोकर्ण विष्टले रकमान्तरको विषयका सम्बन्धमा छलफल गर्न सकिने बताए ।
‘बजेट रकमान्तर पहिले पनि भएका छन अहिले मात्रै भएको जस्तो नगरौं । तर पनि यस सम्बन्धमा छलफल गर्न सकिन्छ,’ उनले भने ।
कांग्रेस सांसद शंकर भण्डारीले बजेट रकमान्तरबारे सरकारसँग सोधपुछ गर्न सकिने बताए । ‘बजेट रकमान्तरबारे पहिले सरकारको धारणा बुझौं । के रहेछ त्यसपछि थाहा लाग्छ’, भण्डारीले भने ।
प्रतिक्रिया 4