अस्ट्रेलियाका ओपेरा हाउस र सिड्नी हार्बर ब्रिजलाई उज्यालो पार्न गरिएको आतिशबाजी (तस्वीर : एएफपी)
१६ पुस, काठमाडौं । आज सन् २०२४ को अन्तिम दिन । विश्वभरबाट आज नयाँ वर्षलाई स्वागत गरिँदैछ । विश्वका देशहरूमा समय पनि फरक-फरक हुने भएकाले नयाँ वर्षलाई अलग-अलग समयमा स्वागत गरिँदैछ ।
करिब ४० वटा देशले अंग्रेजी नयाँ वर्षलाई नेपालभन्दा पहिले नै स्वागत गर्छन् । अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत, चीन, हङकङ, जापान लगायतका देशहरूमा भव्यताका साथ नयाँ वर्षको स्वागत गरिएको छ ।
ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्षको स्वागतमा विश्वभर नै विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् ।
विश्वका थुप्रै देशका मुख्य शहरहरूमा अहिले शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुति लगायतका कार्यक्रमहरू भइरहेका छन् ।
यसैबीच अस्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउस नजिकै थुप्रै मानिसहरू भेला भएर नयाँ वर्षको स्वागत गरेका छन् ।
स्पेन, जापान, फिलिपिन्स, दुबईलगायतका देशमा पनि नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।
त्यस्तै, विश्वभरका नेताहरूले नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् ।
तस्वीरहरूः
इरानको तेहरानमा नयाँ वर्षको स्वागतका लागि बालिएको बत्तीको उत्सव (तस्वीर : सिन्ह्वा) ।चीनको शानडोङ प्रान्तको लिनि शहरस्थित एक विद्यालयमा नयाँ वर्षलाई स्वागत गर्दै बालबालिकाहरू (तस्वीर : सिन्ह्वा) ।पूर्व चीनको जियाङ्सु प्रान्तको चाङ्झाउमा रहेको एउटा किन्डरगार्डेनमा नृत्य प्रस्तुत गर्दै बालबालिका (तस्वीर : सिन्ह्वा) ।दक्षिण कोरियाका सियोलमा नयाँ वर्ष मनाउनुअघि राखिएको चिन्हको तस्वीर खिच्दै एक महिला (तस्वीर : एएफपी)अस्ट्रेलियाको सिड्नीमा ओपेरा हाउस नजिकै गरिएको अतिशबाजी (तस्वीर : एएफपी)भियतनामको होनाइमा नयाँ वर्षको चिन्ह नजिकै साइकलमा महिला (तस्वीर : एएफपी)अस्ट्रेलियाको सिड्नीमा ओपेरा हाउस नजिकै गरिएको अतिशबाजी (तस्वीर : एएफपी)अस्ट्रेलियाको सिड्नीमा ओपेरा हाउस नजिकै गरिएको अतिशबाजी (तस्वीर : एएफपी)अस्ट्रेलियाको सिड्नीमा ओपेरा हाउस नजिकै गरिएको अतिशबाजी (तस्वीर : एएफपी)इन्डोनेसियाको एक रिसोर्टमा नयाँ वर्षको पूर्वसन्ध्यामा सूर्यलाई स्वागत गर्न बालबालिकाले नृत्य प्रस्तुत गर्दै (तस्वीर : एएफपी)इन्डोनेसियाको एक रिसोर्टमा नयाँ वर्षको स्वागत गरिँदै (तस्वीर : एएफपी)म्यानमारको याङ्गुनको याङ्गुन नदीमा सूर्यास्त अवलोकन गर्न भेला भएका बौद्ध भिक्षुहरू (तस्वीर : एएफपी)
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
प्रतिक्रिया 4