+
+

विधेयकहरू अघि बढाउन फोकल पर्सन तोक्दै कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १०:२६
श्यामकुमार घिमिरे

१७ पुस, काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउन फोकल पर्सन तोक्दैछ । यसका लागि कांग्रेसले विधेयकमाथि दफावार छलफल गरिरहेका संसदीय समितिका सदस्यहरूलाई बोलाएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार शीर्ष नेताहरूसहित छलफल गर्न लागिएको छ । ‘बिहान ११ बजेदेखि बेलुकी ५/६ बजेसम्मै बसेर हामी विधेयकहरू कहाँ छन् र त्यसको स्ट्याटस कस्तो छ कसरी अगाडि बढाउने भनेर छलफल गछौं’, घिमिरेले अनलाइनखबरसँग भने ।

संसदमा बिचाराधीन विधेयकहरूबारे पार्टीको ठोस धारणा बनाएर सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेसँग संयुक्त बस्ने र दुई सत्तारुढ दलका बीचमा साझा धारणा बनाएर अन्य दलहरूसँग छलफल बस्ने उनले जानकारी दिए ।

संसद्को हिउँदे अधिवेशनमा संसदमा रहेका सबै विधेयकलाई पास गर्ने गरी अगाडि बढ्न लागिएको उनले जानकारी दिए ।

सरकारले संसदको हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ । त्यस अगाडि कुन विधेयकमा सत्तारुढ दलको के धारणा भन्ने तय गर्ने र सके सहमतिमा नसके बहुमतमा भएपनि पास गरेर अगाडि बढ्ने तयारीमा सत्तारुढ कांग्रेस र एमाले छन् ।

यसका लागि कांग्रेस र एमालेले आ–आफ्नो तर्फबाट विधेयक पास गराउने भूमिका खेल्नका लागि फोकल पर्सन पनि तोक्ने तय भएको थियो । त्यस अनुसार एमालेले मंगलबार नै पाँच जना सांसदलाई फोकल पर्सन तोकिसकेको छ । कांग्रेसले बुधबार फोकल पर्सन तोक्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?