+

टोखा नगरपालिकाको आयोजनामा तेक्‍वान्दो प्रतियोगिता हुने

२०८१ पुष  १७ गते २१:१५ २०८१ पुष १७ गते २१:१५
टोखा नगरपालिकाको आयोजनामा तेक्‍वान्दो प्रतियोगिता हुने

१७ पुस, काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँको संयोजनमा हुने दोस्रो बागमती प्रदेश स्तरीय बरियता सहितको खुल्ला लिग तेक्वान्दो प्रतियोगिता -२०८१ टोखा नगरपालिकाले आयोजना गर्ने भएको छ ।

यही पौष १९ र २० गते हुने तेक्वान्दो प्रतियोगिता जिल्ला समन्वय समिति काठमाडौँको संयोजन एवं बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा टोखा नगरपालिकाको वडा नम्बर ५ को प्राङ्गणमा हुने भएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले तेक्वान्दो खेलाडीको वरियता निर्धारणले खेलाडीहरूको मनोबल पनि बढ्ने र राम्रा खेलाडीहरुलाई अवसर सिर्जना गर्न सक्ने बताउँदै वरियता सहितको तेक्वान्दो लिग प्रतियोगिता गर्न लागेको बताए ।

यसैगरी टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले खेलकुदका माध्यमबाट नगरपालिका र जिल्ला समन्वय समितिबीचको समन्वय अझ मजबुत हुने र नयाँ खेलाडीहरूले पनि अवसर प्राप्त गर्ने बताए ।

खेल व्यक्तिले खेल्ने ततर देशलाई शिरमा राखेर, देशको गरिमालाई बोकेर खेल्ने भएको हुँदा खेलाडीलाई अवसर प्रदान गर्नु आफ्नो कर्तव्य सम्झेर पनि तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । प्रमुख अधिकारीले खेलाडीलाई प्रेरणा दिनु पनि टोखा नगरपालिकाको उद्देश्य रहेको बताए ।

बागमती प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष केशव पुरीले तेक्वान्दो अन्तर्राष्ट्रिय प्रतियोगितामै सबैभन्दा बढी पदक दिलाउन सफल खेल भएकाले यसको प्रवर्द्धन गर्न जिल्ला समन्वय समिति काठमाडौं र स्थानीय सरकारले अपनत्व लिई लिग आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

वरियता सहितको खुल्ला लिग तेक्वान्दो प्रतियोगितामा पुरुष ५ तथा महिला ५ गरी जम्मा १० तौल समूहमा प्रतिस्पर्धा हुने बताइएको छ। लिगमा पहिलो खेलाडीले १०, दोस्रोले ७ र तेस्रो हुनेले ३ अङ्क पाउनेछन् ।

लिगका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई अर्को लिगमा खान, बस्न र यातायात लगायतको खर्च जिल्ला समन्वय समिति काठमाडौंले व्यहोर्ने बताइएको छ । लिगमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

तेक्वान्दो प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय