
‘तिमी तिर्खा, तिमी भोक मेरो
तिमी नै हौ, सबैथोक मेरो
चोखो माया गाँसेको छु
शीरफूले माया…’
काठमाडौं । राजकुमार बगरको शब्द, संगीतमा मर्मस्पर्शी सांगीतिक भिडियो ‘शीरफूले माया’ युट्युवमा सार्वजनिक भएको छ । गीतमा युवराज चौलागाईं र अनुष्का पाठकको स्वर समावेश छ । कमल सौरागको एरेन्ज छ ।
सान थापा निर्देशित गीतको भिडियोमा युवराजसहित प्रभात पल ठकुरी, विजय पुन, अञ्जली अधिकारी, सुशिल थापा र अनुष्काले अभिनय गरेका छन् । राजीव समरको नृत्य निर्देशन छ ।
लोक र आधुनिक शैलीको यो गीत आफूले पहिलोपटक गाएको गायक चौलागाईंले बताए । उनकै युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । गण्डकी प्रदेशमा प्रसिद्ध शीरफूले भाकामा बुनिएको यो गीत ग्रामिण परिवेशको लय मन पराउने दर्शकलाई रुचिकर हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4