१८ पुस, काठमाडौं । गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत कराते विधाको उपधि महिलातर्फ योङ हार्ट्स बोर्डिङ स्कुल, गोकर्णेश्वर- ८ र पुरुषतर्फ इष्टपोल मावि गोकर्णेश्वर-५ ले जितेको छ ।
योङ हार्ट्स टिमले ३ स्वर्ण र एक कांस्य सहित प्रथम भएको हो । १ स्वर्ण र १ कास्य पदक जितेको सरस्वती मावि दोश्रो र एक स्वर्ण १ रजत जितेको बालसुधार मावि तेस्रो भएको छ । दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथा द्वारा दोस्रो र तेस्रो छनौट गरिएको हो ।
यसैगरी पुरुषतर्फ १ स्वर्ण १ रजत र १ कांस्य पदक सहित इष्टपोल मावि प्रथम, एक स्वर्ण र एक कांस्य पदक सहित योङ्ग हाट्रस बोर्डिङ दोस्रो र एक स्वर्ण एक कांस्य सहित मनकामना मावि तेस्रो भएको छ । दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथाद्वारा दोस्रो र तेस्रो छनोट गरिएको हो ।
महिला र पुरुषतर्फ जम्मा ६/६ इभेन्टमा भएको प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिका भित्रका २० वटा विद्यालयका ९५ जना विद्यार्थीहरुको सहभागिता थियो । विजयी खेलाडीहरुलाई नगर खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा, सितोरियो कराते काठमाडौ जिल्ला अध्यक्ष शिवराम कारन्जित लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतिक्रिया 4