+
+

संसद्‌मा रहेका विधेयकको अवस्था अध्ययन गर्ने सत्तारुढ कार्यदलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १२:३२

१८ पुस, काठमाडौं । संसद्मा रहेका विधेयकहरूको अवस्थाको अध्ययन गर्न बनेको नेपाली कांग्रेस–नेकपा एमालेको संयुक्त कार्यदलको बैठक बोलाइएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कार्यदलको बैठक बस्न लागेको जानकारी गराए ।

दिउँसो २ बजे एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी कार्यदलको बैठक बोलाइएको हो ।

कार्यदलमा दुबै दलका प्रमुख सचेतक र पार्टीले तोकेका दुई नेता सम्मिलित छन् ।

कांग्रेस प्रमुख सचेतक घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र एमाले सचिव योगेश भट्टराई कार्यदलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?