+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पहिलो महिला राजदूत बिन्दा स्वारी शाह हस्ताक्षरमा लेख्थिन् विन्देश्वरी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १९:००

१८ पुस, काठमाडौं। नेपालकी पहिलो महिला राजदूतको नाम भनेर कसैले सोध्यो भने तपाईंको मनमा आइहाल्ने उत्तर हो– विन्देश्वरी शाह । नेपालका सबैजसो सामान्यज्ञानका पुस्तकमा यही नाम छ, लोकसेवा आयोगका जाँचहरुमा यही उत्तर लेखिन्छ ।

नेपालको परराष्ट्र सेवाकी शुरुआती चरणकी अधिकृत शाहको आधिकारिक नाम भने ‘बिन्दा स्वारी शाह’ हो । तर, शाह स्वयम् आफूले गर्ने हस्ताक्षरमा ‘विन्देश्वरी’ नै लेख्थिन् ।

उनको आधिकारिक नाम र प्रचलनमा रहेको नाम कसरी फरक पर्‍यो त ?

शाहसँग अत्यन्तै नजिक रहेका पूर्वपरराष्ट्रसचिव मदनकुमार भट्टराई भन्छन्, भारतको खर्साङमा विद्यालय शिक्षा हासिल गरेकी शाहको स्कुलको रेकर्डमा बोलाउने भन्दा फरक नाम परेकाले यस्तो पर्न गएको हो ।

विन्देश्वरी शाहका पिता पद्मसुन्दर मल्ल जापान र अमेरिका पढेकाले गर्दा राणा प्रधानमन्त्रीले उनलाई देश निकाला गरेका थिए । मल्ल आफ्नी पत्नी जगतलक्ष्मीका साथमा भारतको खर्साङमा बसोबास गरिरहेकै बेला सन् १९३३ मा विन्देश्वरीको जन्म भएको थियो ।

मातापिताले सानोमा उनको नाम बिन्दा राखेका थिए । र, उनको पूरा नाम विन्देश्वरी राख्न चाहेका थिए । खर्साङकै सेन्ट हेलेन्स कन्भेन्ट स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेकी उनको विद्यालयको रेकर्डमा भने लेखियो बिन्दा स्वारी मल्ल ।

अमेरिकामा पढ्दा विन्दा स्वारी शाहले एक पुस्तकमा गरेको हस्ताक्षर। संग्रहः पूर्वसचिव द्वारिकानाथ ढुंगेल

डा. नारायणकेशरी शाहसँग विवाह भएपछि उनले थर फेरेर शाह बनाइन्, तर आधिकारिक नाम भने बिन्दा स्वारी नै रहन गयो । ‘आधिकारिक नाम फरक भए पनि उहाँलाई बोलाउँदा विन्देश्वरी नै भन्ने गर्थ्यौं , उहाँले पूरा हस्ताक्षर गर्दा पनि त्यही नाम नै लेख्नुहुन्थ्यो। छोटकरी हस्ताक्षरमा भने ‘बिन्दा’ मात्रै लेख्नुहुन्थ्यो,’ पूर्वपरराष्ट्र सचिव भट्टराई भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?