+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

केन्द्रीय श्रम सल्लाहकार परिषद्‍मा मजदुर नेता र व्यवसायी मनोनीत, को–को परे ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १८:१९

१८ पुस, काठमाडौं । सरकारले केन्द्रीय श्रम सल्लाहकार परिषद्‍मा व्यवसायी र मजदुर नेताहरूलाई मनोनीत गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनसार केन्द्रीय श्रम सल्लाहकार परिषद् सदस्यका रूपमा रोजगारदाता र ट्रेड युनियन महासंघ प्रतिनिधि रहने प्रावधान छ ।

यसअघि ५ मंसिर २०७८ मा मनोनीत सदस्यको कार्यकाल पूरा भएसँगै मन्त्रालयले रिक्त पदमा ट्रेड युनियन र व्यवसायीका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिलाई मनोनीत गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार ट्रेड युनियन महासंघमध्येबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्र/नेपाल ट्रेड युनियन कांग्रेस अध्यक्ष योगेन्द्रकुमार कुँवर, नेपाल ट्रेड युनियन महासंघ अध्यक्ष विनोद श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ अध्यक्ष जगतबहादुर सिम्खडा, महिला समिति संयोजक विष्णु थापा मगर र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ महिला प्रमुख अनुमा कोइराला मनोनीत भएका छन् ।

रोजगारदातामध्येबाट नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद् सभापति ज्योत्सना श्रेष्ठ, नेपाल उद्योग परिसंघ सदस्य छाया शर्मा, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेशप्रसाद सिंह र होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह मनोनीत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?