+
+

सप्तरीमा नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते ९:५४

१९ पुस, काठमाडौं । सप्तरीमा मर्निङ वाकमा निस्केका एक व्यक्तिको गाडीको ठक्करबाट मृत्यु भएको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका ३ स्थित कदमाहा–गाईघाट सडक खण्डमा पहिचान खुल्न नसकेको सवारीको ठक्करबाट सोही नगरपालिका–३ का ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ४ बजे मर्निङ वाकमा निस्केका नेपालीलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रहरी उपरीक्षक खतिवडाका अनुसार ठक्कर दिने सवारीको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?