+
+

प्रचण्डको प्रश्न : भ्रष्टाचारविरुद्ध जसरी जानुपर्ने हो त्यसरी गइरहेका छौं त ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १०:४६

१९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

‘जहाँ भ्रष्टाचार भएको, समाजले मानेको छ । गम्भीर ढंगले सदनमा प्रश्नहरू उठेका छन् । जनताले हेर्न चाहेको छ त्यहाँ हामी इमानदारिताका साथ त्यसको अनुसन्धानमा लाग्न जरुरी छ’ उनले भने । यसको निम्ति राजनीतिक दलहरूका बीचमा सहमति र एकता हुन आवश्यक रहेको उनले बताए ।

‘नियत र निष्ठा कसको के हो भन्ने कुरा बढी महत्वपूर्ण हुने रहेछ’ प्रचण्डले भनेका छन्, ‘हामी के साँच्चै सुशासनको पक्षमा इमानदारिताका साथ भ्रष्टाचारको विरुद्ध जसरी जानुपर्ने हो त्यसरी गएका छौं त ? नेपाली जनताले राजनीतिक दलहरूबाट, सरकारबाट त्यो महसुस गरेको छ त ?’

यसमा गम्भीर प्रश्न रहेको अध्यक्ष प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?