+

निश्चल बस्नेत ई-स्पोर्ट्स च्याम्पियनसीपको ब्राण्ड एम्बासडर नियुक्त

२०८१ पुष  १९ गते १२:४१ २०८१ पुष १९ गते १२:४१
निश्चल बस्नेत ई-स्पोर्ट्स च्याम्पियनसीपको ब्राण्ड एम्बासडर नियुक्त

१९ पुस, काठमाडौं । कलाकार तथा फिल्म निर्माता निश्चल बस्नेत दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसीपको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् ।

ई-स्पोर्ट्स एसोसिएसन अफ नेपाल (इसान) ले शुक्रबार दोस्रो राष्ट्रिय च्याम्पियनसिपको घोषणा कार्यक्रममा निश्चललाई ब्राण्ड एम्बासडरको रुपमा घोषणा गरेको हो ।

निश्चल फिल्म क्षेत्रको चर्चित व्यक्तित्व सँगै ई-स्पोर्ट्सका खेलाडी समेत हुन् । ब्राण्ड एम्बासडर बनेपछि निश्चलले ईस्पोर्ट्स खेल मात्र नभएर राष्ट्रलाई नै प्रतिनिधि्त गर्ने भएकोले यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

ई-स्पोर्ट्सलाई बुझाउन समय लाग्ने भएपनि यो खेलको रुपमा विकास भईरहेको निश्चलको भनाइ थियो ।

च्याम्पियनसिपको फागुन ८,९,१० मा दशरथ रंगशालामा अन्तिम राउण्ड हुनेछ । च्याम्पियनसिपमा ६ खेल हुनेछन् ।

ई-स्पोर्ट्स च्याम्पियनसीप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय