+
+

कुन देशमा कुन नेपाली गीत युट्युब ट्रेन्डिङमा छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १३:२०
'मखमली'को एक दृश्यमा मिरुना मगर

काठमाडौं । यस साता युट्युबको संगीत खण्डतर्फ नेपाल ट्रेन्डिङमा विविध जनराका गीतको वर्चस्व छ । सुगम, हिपहपदेखि पार्श्व संगीत ट्रेन्डिङमा लगातार स्ट्रिमिङ भइरहेका छन् ।

सुजन चापागार्इं र सुनिता थेगिमले गाएको गीत ‘मखमली’ ट्रेन्डिङको शीर्षस्थानमा छ । फिल्म ‘ऊनको स्वीटर’मा समावेश गीतलाई शुक्रबार दिउँसोसम्म २९ लाखभन्दा धेरै पटक हेरिएको छ । यो गीतमा हर्क साउदको शब्द र सुजनकै संगीत छ ।

‘मखमली’सहित दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’, मिस्टर डीको ‘अख्खा’, एकदेव लिम्बूको ‘झिमझिमाउने आँखा’ लगायतका गीत नेपालीको बाक्लो बसोबास रहेका मुलुकमा समेत युट्युब ट्रेन्डिङमा छन् ।

टंक तिमिल्सिना र शान्तिश्री परियारको स्वर रहेको ‘मन माया’ नेपाल ट्रेन्डिङको पाँचौं स्थानमा छ । टंककै शब्द तथा संगीत रहेको यो गीतमा सुनिता लामगोडले र्‍याप गाएकी छन् ।

शुक्रबार नेपालसहित विभिन्न मुलुकमा स्ट्रिमिङ भइरहेको ट्रेन्डिङको सूची यहाँ प्रस्तुत गरिएको छ ।

नेपाल ट्रेन्डिङका शीर्ष १० गीत क्रमशः (शुक्रबारसम्म)

१. सुजन चापागाईंको ‘मखमली’

२. दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’

३. मिस्टर डीको ‘अख्खा छ’

४. भिटेनको ‘जो जो’

५. टंक तिमल्सिना र शान्तिश्री परियारको ‘मन माया’

६. एकदेव लिम्बूको ‘झिमझिमाउने आँखा’

७. ५:५५ को ‘बूढी २’

८. सुजन चापागाईंको ‘एक्लै भए नि’

९. फिल्म ‘पुष्पा २’ को ‘किसिक’

१०. फिल्म ‘पुष्पा २’ को ‘द कपल सङ’

एई ट्रेन्डिङमा

– सुजन चापागाईंको ‘मखमली’ – चौथो स्थानमा

– दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ – पाँचौं स्थानमा

– भिटेनको ‘जो जो’ – आठौं स्थानमा

अस्ट्रेलिया ट्रेन्डिङमा

– सुजन चापागाईंको ‘मखमली’ – दोस्रो स्थानमा

– मिस्टर डीको ‘अख्खा छ’ – ३० औं स्थानमा

कतार ट्रेन्डिङमा

– दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ – तेस्रो स्थानमा

– सुजन चापागाईंको ‘मखमली’ – छैटौं स्थानमा

– सुजन चापागाईंको ‘एक्लै भए नि’ – २८ औं स्थानमा

कुवेत ट्रेन्डिङमा

– सुजन चापागाईंको ‘मखमली’ – ३० औं स्थानमा

माल्टा ट्रेन्डिङमा

– सुजन चापागाईंको ‘मखमली’– शीर्षस्थानमा

– एकदेव लिम्बुको ‘झिमझिमाउने आँखा’ – चौथो स्थानमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?