
१९ पुस, काठमाडौं । सस्तो दरमा डलर साटिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–११ रामपुर घर भई भक्तपुर बस्दै आएका ४७ वर्षीय सुजित मिजार छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले ३ पुसमा हरिकृष्ण बराल नाम गरेका व्यक्तिलाई फोन गरी सस्तो दरमा डलर साट्ने प्रलोभन देखाएर ५ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
बराललाई भक्तपुरकै हनुमन्ते खाला किनारमा बोलाएर उनले डरल भन्दै रुमालले बेरेको कागजको बिटो थमाइदिएर फरार भएका थिए ।
बरालसँग डलर साटिदिएको भन्दै उनीबाट ५ लाख रुपैयाँ लिएर उनी फरार भएका थिए । उक्त बिगो खोलेर हेर्दा छेउमा डलर र बाँकी कागजको बिटो रहेको खुलेको थियो ।
प्रतिक्रिया 4