+
+

भूपेन्द्र बडुवाल हत्या प्रकरणका अभियुक्त काठमाडौँबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १८:१७

१९ पुस, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या प्रकरणका एक जना अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ का २५ वर्षीय हिमाल शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनका अनुसार शाहीलाई कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । शुक्रबार पक्राउ गरिएका शाहीलाई विमानमार्फत् धनगढी ल्याइएको छ । बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो ।

प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुख्य अभियुक्त नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । अभियुक्त मध्ये १२ जना पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

तर मुद्दाको अन्तिम फैसला हुन भने सकेको छैन । उक्त मुद्दामा पटक–पटक पेशी तोकिएपनि हालसम्म अन्तिम सुनवाइ हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?