+

महिला लिग फुटबल : वालिङको पोस्टमा पुलिसको पाँच गोल

२०८१ पुष  १९ गते २०:०१ २०८१ पुष १९ गते २०:०१
महिला लिग फुटबल : वालिङको पोस्टमा पुलिसको पाँच गोल

१९ पुस, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगअन्तर्गत अन्तिम चरणको पहिलो खेलमा फराकिलो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुलिसले स्याङ्जाको वालिङ नगरपालिकालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

पुलिसका लागि अनुस्का शेर्पा र सम्झना लावतीले दुई-दुई गोल गरे भने पुजा रानाले एक गोल गरिन् । अनुस्काले खेलको २६औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । सम्झनाले ४५औं मिनेटमा गोल गरेपछि पुलिसले पहिलो हाफमा २-० को अग्रता बनायो ।

दोस्रो हाफको पहिलो मिनेटमै पुजा रानाले गवल गरेपछि पुलिसले ३-० को अग्रता बनायो । यस्तै ४८औं मिनेटमा अनुस्काले व्यक्तिगत दोस्रो गोल गरिन् भने सम्झनाले ६०औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको ५-० को अग्रता पक्का गरिन् ।

जितपछि पुलिस ३ अंक जोडेर शीर्ष स्थानमा छ । लिगअन्तर्गत शनिबार एपीएफ फुटबल क्बल र बागमती युथ क्लबबीच खेल हुनेछ ।

बिहीबार भएको पहिलो खेलमा बागमती अर्को विभागीय क्लब त्रिभुवन आर्मी एफसीसँग २-० ले पराजित भएको थियो ।

एन्फा महिला लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय