
१९ पुस, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले १० बुँदे माग राखेर शिक्षामन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ ।
छैठौंका अध्यक्ष सुवास जिसीको नेतृत्वले मन्त्री भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन, उच्च शिक्षामा व्यावहारिक शिक्षा, विद्यालयहरूको भौतिक सुधार र विद्यालय शिक्षाको गुणस्तर सुधारका विषयलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताइन् ।
अहिलेको संरचना अनुसार शिक्षा संघ, प्रदेश र स्थानीय सरकार तीनै तहको जिम्मेवारीमा रहेकाले तीन तहकै सरकारले प्राथमिकता दिनुपर्ने बताइन् ।
स्थानीय सरकारले शिक्षा कोष बनाई शिक्षाको दिगो विकासमा योगदान दिनुपर्ने मन्त्री भट्टराईको जोड छ ।
हेर्नुहोस् माग :
प्रतिक्रिया 4