+
+

साइबरको माध्यमबाट ७८ लाख लुटियो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख र नेपाल सरकारका कर्मचारीहरूको ५ लाख ५० हजार गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते २०:४२

१९ पुस, काठमाडौँ । साइबरको माध्यमबाट पोखरा, चितवन र सरकारी कर्मचारी गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख र नेपाल सरकारका कर्मचारीहरूको ५ लाख ५० हजार गरी ७८ लाख  ५० हजार रुपैयाँ लुटिएको हो ।

सीआईबीका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार यस्ता विभिन्न कम्पनी तगा सर्वसाधारणहरूको साइबरको माध्यमबाट रकम लुटिएको उजुरी र त्यबारेमा अनुसन्धान भइरहेको छ ।

उनले यस्तो कार्यमा हालमस्म ५०० भन्दा बढी सन्दिग्ध नम्बर सक्रिय रहेको बताए । उनले भने, ‘साइबर आक्रमणकारीहरूले कुनै नम्बरको गलत आईडी र पासवर्ड हालेर वालेट र मोबाइल बैंकिङका एपहरु बन्द गराइदिने र त्यसपछि आफूहरू कुनै वालेट वा वित्तीय संस्थाबाट बोलेको भन्‍दै ओटीपी माग्‍ने गरेको उजुरीहरू आएको छ।’

उनका अनुसार साइबर आक्रमणकारीहरूले  कतिपय अवस्थामा सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेजहरु पठाउने र एआईले बनाएको आवाजबाट कल गरी तपाईको सामान आएको छ, तपाईलाई फाइदा हुने खालको व्यापार छ भन्ने जस्ता लिङ्क पठाइ खोल्न लगाउने गरेको पनि पाइएको छ ।

‘साइबर आक्रमणकारीहरूले  तपाइको सामान आएको बहानामा वा लिंक पठाएर पुरस्कार आएको बहाना गर्छन् । तर, लिङ्क खोल्ने बित्तिकै त्यो डिभाइसको सबै युजरनेम र पासवर्डमा चोर्छन् । त्यही युजरनेम र पासवर्ड प्रयोग गरेर पैसा ट्रान्सफर गर्ने गरेको उजुरी धेरै आएको छ।’ उनले भने ।

ब्‍यूरोले पछिल्लो समय यस्ता घटना बढिरहेको भन्दै अपरिचित नम्बरबाट आएका फोन तथा मेसेज नउठाउन आग्रह गरेको छ । यस्ता किसिमका ठगीमा संलग्न संदिग्ध व्यक्तिहरूको सम्बन्धमा कुनै जानकारी भएमा सीआईबी वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत सीआईबीले अनुरोध गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?