+
+

स्याङ्जाको आँधीखोलामा तटबन्ध निर्माण

रासस रासस
२०८१ पुष २० गते १३:५८

२० पुस, वालिङ (स्याङ्जा) । नदीकटान नियन्त्रण गर्न स्याङ्जाको आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो ।

आँधीखोला गाउँपालिका, पुतलीबजार, भिरकोट र वालिङ नगरपालिका भएर बग्ने आँधीखोलामा तटबन्धनको काम सुरु भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले बताए ।
धेरै कटान भएका स्थानमा तटबन्धन गरिएको हो । सिँचाइ डिभिजन कार्यालय र पालिकासँगको सहकार्य र लागत साझेदारीमा तटबन्धन गरिएको जानकारी उनले जानकारी दिए । आठ करोडको लागतमा थालिएको निर्माण आगामी २०८३ वैशाखमा सम्पन्न गर्ने लक्ष्य छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?