+
+

अप्पर मर्स्याङ्दी–१ जलविद्युतमा जुट्यो लगानी, लक्ष्मी सनराइजको नेतृत्वमा ३ बैंकले लगानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १४:२१

२१ पुस, काठमाडौं । अप्पर मर्स्याङ्दी –१ जलविद्युत् आयोजनामा लगानी जुटेको छ । लमजुङको मर्स्याङ्दी नदीमा निमार्ण हुने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनामा ३ बैंकले लगानी गर्ने भएका हुन् ।

लक्ष्मी सनराइज बैंकले सहवित्तीयकरण लगानीको नेतृत्व गरेको छ । १०२ मेगावटा क्षमताको उक्त परियोजनामा लगानी सम्झौता भएको बैंकले जनाएको छ । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा ग्लोबल आईएमई बैंक र प्रभु बैंकले लगानी गर्ने भएको हो ।

अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनाको कूल लागत २१ अर्ब ४० करोड रहेको छ । परियोजना निमार्णका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको लगानी रहने छ ।

लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ७ अर्ब रहेको छ । सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरू मध्ये सहअगुवा ग्लोबल आईएमई बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ ।

अपर मर्स्याङ्दी हाइड्रोपावर–१ ले १० पुस २०७५ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादनको अनुमति पत्र लिनुका साथै ९ पुस २०८१ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्धकको रूपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् ।

आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । आयोजनाबाट वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?