+
+

माओवादीमा महराको वरीयता तेस्रो, पासाङको टुंगिन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १५:५८

२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ ।

राजधानीमा जारी केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी भएका छन् ।

पासाङ केन्द्रीय समिति बैठकमा अध्यक्ष र उपाध्यक्षकै लहरमा बसेका छन् । बैठकमा सहभागी नेताहरूका अनुसार अहिलेसम्म पुनको वरीयता टुंगिएको छैन् ।

केन्द्रीय समिति बैठकको मञ्चमा राखिएका सोफाको अघिल्लो लहरमा छन् ।

‘उहाँ उपाध्यक्षकै लहरमा बस्नुभएको छ, वरीयता चाहिँ टुंगिएको छैन्,’ एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय समितिमा साथीहरूले कुरा ल्याउनुहुन्छ होला ।’

पुनसहित अघिल्लो लहरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल र महासचिव देव गुरुङ छन् ।

माओवादीको पहिलो वरीयतामा प्रचण्ड र दोस्रोमा श्रेष्ठ छन् । त्यस्तै, तेस्रो महरा, चौथो सापकोटा, पाँचौँ वरीयतामा भुसाल छन् ।

महासचिव गुरुङ माओवादीको छैटौं वरीयतामा छन् ।

केन्द्रीय कमिटी बैठकमा अहिले अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?