+
+

नेविसंघ विवाद : कारबाही गर्न दुवै समूहको अनुशासन समितिमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १७:०४

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ विवाद बढ्दै जाँदा एक पक्षले अर्कोलाई अनुशासनको कारबाहीको माग गर्दै उजुरी दिएका छन् ।

पार्टीको संस्थापन र नेता डा. शेखर कोइराला पक्षका विद्यार्थी नेताहरु एक विरुद्ध अर्कोले अनुशासनको उजुरी दिएका हुन् ।

संघका अध्यक्ष दुजाङ शेर्पाले संस्थापनइतरका विद्यार्थी नेता प्रेमिका रानामगरलाई अनुशासनको कारबाही गर्न माग गरेको तीन दिन पछि अर्को समूहले अनुशासन समितिमा उजुरी दिएको छ ।

नेता शेखर पक्षका विद्यार्थी नेताहरूले अनुशासन आयोगका संयोजक आनन्द ढुङ्गानालाई भेटेर संघका अध्यक्ष शेर्पालाई कारबाहीको माग गरेका हुन् । शेर्पाले विदेश भ्रमणका पठाइदिने भनी केन्द्रीय सदस्यहरुसँग मोटो रकम असुलेको आरोप लगाइएको छ ।

‘केन्द्रीय सदस्यहरूको रकम हालसम्म पनि फिर्ता नगरी वैदेशिक भ्रमणमा पठाईदिने नाममा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्षको प्रत्यक्ष निर्देशनमा नियतवस ठगी गरेको प्रष्ट देखिन्छ,’ उजुरीमा भनिएको छ । केन्द्रीय प्रतिनिधि क्याम्पसमा खटाउने क्रममा शेर्पाले आर्थिक लेनदेन गरेको आरोप उजुरीमा लगाइएको छ ।

अध्यक्ष शेर्पाले आधिकारीक खाता प्रयोग नगरी संघको मुख्य सचिव विजय खड्काको व्यक्तिगत खातामा रकम संकलन गराएर दुरुपयोग गरेको उजुरीमा उल्लेख छ ।

यसअघि अध्यक्ष शेर्पाले समानान्तर गतिविधि गरेको, विना आधार अनियमितताको आरोप लगाइएको भन्दै संस्थापनइतरको विद्यार्थी नेता प्रमिका रानामगर विरुद्ध अनुशासन समितिमा उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?