
२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेशगत कमिटीहरूले पार्टीको मूल नेतृत्व गाउँ टोलसम्म पुग्नुपर्ने माग राखेका छन् ।
आइतबारबाट राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा आ–आफ्नो प्रदेशकारे रिपोर्टिङका क्रममा उनीहरूले यस्तो बताएका हुन् ।
सातै प्रदेशका अध्यक्षले पार्टी सदस्यता नवीकरण नसकिएको, सम्मेलन गर्नै बाँकी भएको भएकाले त्यसका लागि थप समय आवश्यक रहेको बताएका थिए ।
‘सिंगो पार्टी कमिटी र नेतृत्व वडा र टोलमा केन्द्रीत हुनुपर्यो,’ प्रदेशका अध्यक्षको रिपोर्टिङ सुनेका एक केन्द्रीय सदस्यले सारमा सुनाए, ‘यसरी पार्टी निर्माणमा जोडियौं भने मात्रै जनतासँग जोडिन सकिन्छ ।’
कोशी प्रदेशबाट हर्क नेम्वाङ मिक्सो, मधेश प्रदेशमा लिलामणी पोखरेल, बागमती प्रदेशमा सरल सहयात्री, गण्डकी प्रदेशमा गायत्री गुरुङ, लुम्बिनी प्रदेशमा सुदर्शन बराल, कर्णालीमा विमला केसी र सुदूरपश्चिमा हरि चौधरीले रिपोर्टिङ गरेका थिए ।
प्रतिक्रिया 4