२१ पुस, काठमाडौं । कप्तान समीर राई ह्याट्रिक मदतमा नेपाल पुलिस क्लबले एन्फा यु-१६ युथ लिगमा आइतबार फराकिलो जित हात पारेको छ । कप्तान समिरको ह्याट्रिकमा पुलिसले विभागीय डर्बी भिडन्तमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कप्तान समिरले ह्याट्रिक गर्दा रिजनराज गौतमले दुई तथा सविन मगर र समीर कुमारले समान एक गोल गरे ।
खेलको ४३औं मिनेटमा सविनले गोल गर्दै पुलिसलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा पुलिसले ६ गोल थप्यो । रिजनले ५४ र ५७औं मिनेटमा गोल गरेपछि पुलिसले ३-० को अग्रता लियो । त्यसपछि समिर कुमारले गोल गर्दै पुलिसको अगरता ४-० बनाए । पुलिस यतीमै रोकिएन । त्यसपछि कप्तान समिर चम्किए । उनले ७३ र ७४औं मिनेट तथा इन्जुरी टाइममा गोल गर्दै ह्याट्रिक पूरा गरे । एन्फा यू-१६ युथ लिगमा यस सिजन यो पहिलो ह्याट्रिक हो ।
जितपछि पुलिस ३ अंक जोडेर शीर्ष स्थानमा छ ।
आइतबारै सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई २-० ले पराजित गरेको थियो ।
सोमबार यू१६ लिगमा थ्री स्टार र एपीएफ तथा खुमलटार र संकटा क्लबबीच खेल हुनेछ ।
तस्बिर : एन्फा
प्रतिक्रिया 4