+
+

माओवादीले सबै केन्द्रीय सदस्यलाई पालिका खटाउने, जितेकोमा समाजवादी मोडेल अभ्यास गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १९:३७

२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई पालिकाहरूमा खटाउने प्रस्ताव गरेको छ ।

काठमाडौंमा आइतबार सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टीका कुनै पनि केन्द्रीय सदस्य बेरोजगार नहुनेगरी कार्यविभाजन गर्न प्रस्ताव गरेका हुन् ।

नेतृत्व परिचालन र जितेको पालिकामा समाजवादी मोडेलको अभ्यास गर्ने विषयलाई प्रचण्डले प्राथमिकताका साथ दस्तावेजमा उल्लेख गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘माओवादीले जितेका ग्रामथान सहित १२३ पालिकामा समाजवादी मोडेलको अभ्यास गर्न माघ २० गते पार्टीबाट चुनाव जितेका पालिका प्रमुख र उपाध्यक्षलाई केन्द्रीय कार्यशालामा सहभागी गराउने प्रस्ताव अध्यक्षले गर्नुभएको छ,’ ती नेताले भने ।

प्रचण्डले राजनीतिक प्रतिवेदनमा ती पालिका प्रमुख र उप्रमुखले पार्टीमा मासिक रिपोर्टिङ गर्नुपर्ने र पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर सामुदायिक समाजवादको अभ्यासमा जाने प्रस्ताव गरेका छन् । उनले पार्टीले जितेका सबै पालिकालाई एउटै मोडेलमा लैजाने प्रस्ताव पनि अगाडि सारेका छन् ।

‘यो कामलाई विशेष र अभियानात्मक बनाउन टीओआर नै बनाएर काम गर्ने प्रस्ताव अध्यक्षले गर्नुभएको छ,’ ती नेताले भने ।

बैठकमा आइतबार भौगोलिक र गैरभौगोलिक गरी १२ प्रदेश संरचनाका अध्यक्ष वा प्रतिनिधिले संगठनात्मक रिपोर्टिङ गरेका छन् । बैठक सोमबार पनि बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?