+
+

राज्यका सबै संयन्त्रमा महिला सहभागिता ५० प्रतिशत पुर्‍याउन माओवादीले पहल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १९:५६

२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले राज्यका सबै संयन्त्रमा महिला सहभागिता ५० प्रतिशत पुर्‍याउन पहल गर्ने भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यससम्बन्धी प्रस्ताव पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेका छन् ।

धुम्बाराहीस्थित एक बैङ्क्वेटमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् ।

हाल राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने संवैधानिक व्यवस्था छ । अब संविधान संशोधन गर्दा यसलाई बढाएर ५० प्रतिशत पुर्‍याउन पहल गर्ने प्रस्ताव प्रचण्डले केन्द्रीय समितिको बैठकमा राखेका हुन् ।

‘अब महिलाहरूको अधिकार ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउनका लागि पहल गर्ने विषय आएको छ,’ माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने । उनका अनुसार यो विषय संविधान संशोधनको बहसमा उठाउने र आवश्यक प्रस्तावहरू अगाडि लैजाने तयारी पार्टीको छ ।

यसका साथै दलित र मुस्लिमको अधिकार लागू गराउन समेत भूमिका खेल्ने भनिएको छ । उनले भनेका छन्, ‘दलित र मुस्लिमको विशेषाधिकारर लागु गर्ने विषयलाई पनि संविधान संशोधनको एजेन्डामा समावेश गर्ने भन्ने भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?