+
+

पोखरामा चलचित्र पर्यटन महोत्सव आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते २०:२०

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा फागुन १७ देखि १९ गतेसम्म चलचित्र पर्यटन महोत्सव आयोजना हुने भएको छ । चलचित्र विकास बोर्डले आयोजना गर्ने महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतका संस्थाहरू प्रवद्र्धकको रूपमा रहनेछन् ।

चलचित्र पत्रकार संघ, पोखरा पर्यटन परिषद् लगायतका स्थानीय संघसंस्थाले सह-आयोजकको भूमिकामा सहकार्य गर्ने जनाइएको छ । महोत्सवले चलचित्र छायांकनका लागि प्राकृतिक स्टुडियोका रूपमा परिचित पोखरा र गण्डकी प्रदेशलाई व्यापक रूपमा प्रवद्र्धन गर्ने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए ।

‘हामी सम्पूर्ण कलाकार तथा स्रष्टालाई पोखरामा स्वागत गर्न तयार छौं’ उनले भने । महोत्सवसँग सम्बन्धित विविध बिषयमा बोर्ड अध्यक्ष दिनेश डीसीसँग छलफल भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?