
२१ पुस, काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा भ्रष्टाचारको आरोप खेपिरहेका गगन (रेवतराज) पुरी पनि सहभागी भएको पाइएको छ ।
झापाको रतुवा र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उक्त आरोपपछि उनले कोशी प्रदेश कोषाध्यक्षको जिम्मेवारीबाट राजीनामा दिएका थिए ।
यसअघिका पदाधिकारी र स्थायी समिति बैठकमा पनि पुरी सहभागी हुँदै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4