+

राखेपका नवनियुक्त सदस्यको स्वागत

२०८१ पुष  २१ गते २१:४३ २०८१ पुष २१ गते २१:४३
राखेपका नवनियुक्त सदस्यको स्वागत

२१ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवनियुक्त ८ सदस्यलाई आइतबार स्वागत गरेको छ ।

पुस ९ गते मन्त्रीपरिषद् निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच स्वागत गरिएको हो ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले उनीहरुलाई स्वागत गर्दै सदस्यमा नियुक्त भएकोमा बधाई तथा कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । नन्दा र सुवर्ण सदस्यमा दोहोरिएका हुन् । नन्दा भने राखेप कार्यकारी समितिकी सदस्य पनि थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले कुनैपनि प्रतियोगिताको नियमित निरन्तरता अत्ति आवश्यक भएको बताउँदै कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नुपर्नेमा जोड दिए ।

सदस्य नन्दाले दोस्रोपटक नियुक्त हुँदा पुनः मूल घर फर्कको आभास भएको बताउँदै विगतका कमीकमजोरीलाई सच्याउँदै खेलकुदलाई नयाँ उचाईमा पुर्‍याउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सदस्य चन्दले नियुक्तले जिम्मेवारी थपिएको महसुश भएको बताउँदै नेपाल तेक्वान्दो संघमा लामो समय काम गरेको अनुभवलाई समग्र खेल क्षेत्रको विकासमा लगाउने बताए ।

राखेप सदस्य

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय